२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

कञ्चन पब्लिक स्कुलको पाचौं अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

पुनर्वास खबर बुधबार ०५, फागुन २०७७ ०८:४५

कञ्चन पब्लिक स्कुलको पाचौं अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

दिर्घराज ओझा ,कञ्चनपुर । कञ्चन पब्लिक स्कुलको आयोजनामा भएको पाचौं अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता बुधबार सम्पन्न भएको छ। सरस्वती पुजाको अवसरमा आयोजना गरिएको  खुल्ला नृत्य प्रतियोगितामा आयोजक कञ्चन पब्लिक स्कुल प्रथम भएको छ । यस्तै राष्ट्रिय माबि द्धितृय भएको छ भने पपुलर इङलिस बोर्डिङ स्कुल तृतिय भएको छ । खुल्ला नृत्य प्रतियोगिताको प्रथम स्थान ओगटदै कञ्चन पब्लिक स्कुलले नगद  १२ हजार ३ सय प्राप्त गरेको छ भने राष्ट्रिय माबिले  द्धितृय स्थान बनाउदै ८ हजार ३ सय नगद प्राप्त गरेको छ । यस्तै पपुलर इङलिस बोर्डिङ स्कुल तृतिय हुदै ५ हजार ३ सय  नगद सहित मेडल ,टर्फि पाएको छ । यस्तै आदर्श इङलिस बोर्डिङ स्कुल सान्त्वना भएको छ । जिल्ला समन्वय समिती कञ्चनपुरका सयोजक फैरु तामाङ्गको प्रमुख आथित्यमा प्रतियोगिता सम्पन्न भएको हो । प्रमुख अथिती समेत रहेका तामाङ्गले  निजी तथा सरकारी विद्यालयले शिक्षा क्षेत्रमा निकै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा प्रगतीको कामना गरे ।सरस्वती पूजाको अवसर पारेर आयोजित खुल्ला नृत्य प्रतियोगितामा पुनर्वासका १८ वटा विद्यालयको सहभागीमा रहेको आयोजक कञ्चन पब्लिक स्ककुलका सञ्चालक सुरेश अधिकारीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

भर्खरै