पुनर्वास खबर शुक्रबार ३०, माघ २०७७ १०:४७
कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ राष्ट्रिय मावि नजिकै म २ प ६८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री झ्यारु भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिह बिष्टले जानकारी दिए।
उनका अनुसार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १९ की भण्डारीको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ । मोटरसाईकल चालक धनगढी उपमहानरपालिका १ बस्ने रिहान कुरेसिलाई भने कुनै चोट नलागेको जनाएको छ । भण्डारी धनगढीबाट पुनर्वासमा आफ्न्तको घरमा हिडेको बुझिएको छ ।
प्रतिकृया दिनुहोस