पुनर्वास खबर शुक्रबार ३०, माघ २०७७ ०६:५३
कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकामा प्रथम फारवेष्ट कप आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालय लालझाडी गाँउपालिका १ ले हात पारेको छ । शुक्रबार सम्पन्न पेनाल्टी सुटआउट फुटबल प्रतियोगितामा पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको विजय उच्च माविले उपबिजेताको टर्फीमा चित्त बुझाएको छ ।
प्रतियोगिताको विजेता शारदा माध्यमिक विद्यालयले ११ हजार १ सय ११ साथमा सानदार टर्फि तथा मेडल र उपविजेता विजय उच्च माविले ६ हजार ६ सय ६६ साथमा सानदार टर्फि पाएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट गोल रक्षक शारदा मा बि नौरङाका प्रविन कुंवर भए, यस्तै उत्कृष्ट गोल स्कोरर ब्रीलिएण्ड स्टार इङ्लिश बोर्डिङ स्कुलका साजन तामाङ भएका हुन । यस्तै प्रतियोगिताको उदयमान खेलाडी पुनर्वास पब्लिक स्कुलका रेमो तामाङ भएका हुन् ।
शिक्षा संगै खेलकुद क्षेत्रमा पनि बिद्यार्थीलाई अगाडि बढाउने उद्धेश्यले पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको फारवेष्ट ईन्टरनेशनल स्कुलले पहिलो पटक विद्यालय स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको हो ।
कक्षा ८ सम्मका बिद्यार्थीहरूको सहभागी रहेको प्रतियोगितामा कैलाली कञ्चनपुरका गरि १५ वटा टिमको सहभागि रहेको थियो । प्रतियोगितालाई श्री सरस्वती पुस्तक पसल धनगढी कैलालीले मुख्य प्रायोजनमा साथ दिएको थियो भने रिदम फलसिलिङ्ग उद्योग धनगढीले सह प्रायोजकमा साथ दिएको थियो ।
यस्तै श्री शिद्ददेवी ट्रेडस पुनर्वास १० ले ट्रफी तथा मेडल पुरस्कारको प्रायोजनमा साथ दिएको हो भने श्री प्रशान्त ईलेक्ट्रोनिक्स पुनर्वास १० ले सर्बाधिक गोलकर्ताको प्रायोजनमा साथ दिएको थियो ।यस्तै श्री बिष्ट ग्रिल उद्योग पुनर्वास १० ले अन्य पुरस्कारको प्रायोजनमा साथ दिएको आयोजक विद्यालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस