पुनर्वास खबर शुक्रबार ३०, माघ २०७७ १०:०४
कञ्चनपुरको पुनर्वासमा आज शुक्रबार प्रथम फारवेष्ट कप आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुदैछ । पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा आज माघ ३० गते पेनाल्टी सुटआउट हुने भएको हो ।
शिक्षा संगै खेलकुद लाई पनि अगाडि बढाउने उदेश्यले पहिलो पटक विद्यालय स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको विद्यालयका अध्यक्ष तथा सञ्चालक काशिराम बोहराले बताए । प्रतियोगिताको विजेताले ११ हजार १ सय ११, उपविजेताले ६ हजार ६ सय ६६ साथमा सानदार टर्फि तथा मेडल र सर्वाधिक गोलकर्ताले १ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगिता बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।
यस्तो छ खेल तालिका
प्रतिकृया दिनुहोस