पुनर्वास खबर शुक्रबार ३०, माघ २०७७ ०९:४२
कञ्चनपुरको पुनर्वास नगरपालिका भिमबस्तीमा रहेको पपुलर इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले भागरथिलाई न्यायको माग गर्दै प्रदर्शन गरेका छन्। बैतडीमा मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषिलाई कार्वाहीको माग गर्दै विद्यार्थीले बिहिबार पुनर्वासमा विरोध प्रदर्शन गरेका हुन् ।
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग सहित विद्याथीले प्रदर्शन गरेको पपुलर इङ्लिश बोर्डिङ स्कुलका प्रअ दिर्घराज ओझाले जानकारी दिए ।
बाल हिँसा अन्त्य गर , दोषिलाई कारबाही गर ,भगवति न्याय दे र बालबालिका लाइ सुरक्षा दे जस्ता नारा लगाउदै विद्यालयको प्राङ्गण देखि शुरू भएको विरोध(यालि प्रदर्शन भिमबस्ती वजारमा कोण सभामा परिणत भएको थियो।घटना भएको एक हप्ता बितिसक्दा पनि हत्यारा अझै प्रकाउ पर्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस