२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

राज्य विरुद्ध कसुरको आरोपमा नेतृ झाँक्री पक्राउ

पुनर्वास खबर बिहिबार २९, माघ २०७७ ०२:०७

राज्य विरुद्ध कसुरको आरोपमा नेतृ झाँक्री पक्राउ

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाक्रीले निवासबाटै गिरफ्तारी दिएकी छन् । उनलाई भर्खरै प्रहरीले पक्राउ गरेको छ । उनले आफूमाथि प्रहरीको पक्राउ पूर्जि आएको भन्दै राज्यको इमान्दार नागरिकको हैसियतमा आफूले  गिरफ्तारि दिएको बताइन् । 

‘सरकारको आदेश अनुसार म आफ्नै निवासबाट गिरफ्तारि दिँदै छु’, उनले भनिन्,‘ तमाम युवा साथीहरूलाई मायाका लागि न्यानो अभिवादन ।’ उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भए क्षमायचना गर्ने बताइन् । यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् । 

उनले भनेकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे ।  त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो ।  

’मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी,’ उनले भनेकी थिइन् । उनलाई राज्य विरुद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । 

No photo description available.


प्रतिकृया दिनुहोस

भर्खरै