२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीमा विरोध र्यालीसहित दीप प्रज्वलन

पुनर्वास खबर सोमबार २६, माघ २०७७ ०८:१५

नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीमा विरोध र्यालीसहित दीप प्रज्वलन

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्याका दोषीलाई कार्वाहीको माग गर्दै नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीमा विरोध र्यालीसहित दीप प्रज्वलन गरेको छ ।

बिहिवार नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालय सम्म बिरोध र्याली सगै मुख्यमन्त्री कार्यालय अगाडि कोण सभा र दिप प्रज्वलन गरेको‌ हो ।

बाल हिँसा अन्त्य गर , दोषिलाई कारबाही गर , भगवति न्याय दे र बालबालिका लाइ सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्यालि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभा र दिप प्रज्वलनमा परिणत गरेको थियो । दिनानुदिन यस्ता अपराध बढि रहदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रुपमा उक्त र्यालि निकालिएको नगर बाल सञ्जालका सचिव शिशिर विश्वकर्माले जानकारी दिए उनले फेरी भने "निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाइ नजावस हामि उक्त विरोध र्याली भोलि पनि निरन्तरता दिने छौँ"।

घटना भएको ५ दिनसम्म संलग्न हुनेको पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।


प्रतिकृया दिनुहोस

भर्खरै