२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग

पुनर्वास खबर शुक्रबार २३, माघ २०७७ ०७:५९

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर प्रयोग

बैतडीमा किशोरी मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिने भएको छ। 

जिल्ला प्रहरी कार्यालयले किशोरी मृत भेटिएको घटनास्थल सिल गरेर अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाईसकेको जनाएको छ। 

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले धनगढीको कुकुर शाखाबाट बिहीबार राति नै तालिम प्राप्त कुकुर दोगडाकेदार गाउँपालिका पुगाइसकेकाले आज अनुसन्धानमा प्रयोग गरिने बताए। 

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन्। 

भट्ट बुधबार विद्यालयबाट घर फर्किने क्रममा सम्पर्क विहीन भएपछि खोजी कार्य भइरहेको थियो। बिहीबार साँझ स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। तर थप कुरा भने अनुसन्धान र शव परीक्षणपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस

भर्खरै