२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

शुक्रबार सुदूरपश्चिममा १ जनामा मात्र कोरोना पुष्टि

पुनर्वास खबर शुक्रबार २३, माघ २०७७ ०७:५०

शुक्रबार सुदूरपश्चिममा १ जनामा मात्र कोरोना पुष्टि

धनगढी : शुक्रबार सुदूरपश्चिम प्रदेशमा ३२ जनाको नमूना परीक्षण गर्दा थप १ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । 

प्रदेशका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा मात्र संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सेती अस्पतालको प्रयोगशालामा २० जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय २८ पुगेको छ । संक्रमण पुस्टि भएकामध्ये १२ हजार ८ सय ७७ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।


प्रतिकृया दिनुहोस

भर्खरै