२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

राष्ट्रिय मा.वी पुनर्वासको व्यवस्थापन समितिमा काग्रेस प्यानल बिजयी

पुनर्वास खबर शुक्रबार २३, माघ २०७७ ०७:३६

राष्ट्रिय मा.वी पुनर्वासको व्यवस्थापन समितिमा काग्रेस प्यानल बिजयी

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको श्री राष्ट्रिय माध्यमिक बिद्यालय व्यवस्थापन समितिको सदस्यमा  काग्रेस प्यानल बिजयी भएको छ । शुक्रबार भएको निर्बाचनमा काग्रेसतर्फबाट शेर बहादुर देउवा, तारा प्रसाद न्युरे बिजयी भएका छन् ।

शेर बहादुर देउवा १ सय ७९ मतले बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी कमल भण्डारीले १ सय ६ मत प्राप्त गरेका छन् । यस्तै तारा प्रसाद न्युरे १ सुय ७१ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी बिनोद कुमार लामाले ९८ मत प्राप्त गरेका छन् ।

यस्तै पूरना राई र रमा बिष्ट महिला सदस्यमा निर्बिरोध विजय  भएका छन । मतदान शुक्रबार बिहान ९ बजेदेखि सुरु भई दिउसो ३ बजेसम्म चलेको शिक्षा शाखा पुनर्वास नगरपालिकाका शिक्षा अधिकृत शिवराज भट्टले बताए ।

निर्बाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको बिद्यालयका प्र.अ. नवराज पाण्डेले जानकारी दिए । शुक्रबार भएको चुनावमा निर्वाचित तिनै सदस्यबाट एकजना अध्यक्ष तोकिने बिद्यालयका प्रधानाध्यापक पाण्डेले जानकारी दिए । 


प्रतिकृया दिनुहोस

भर्खरै