२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

प्रचण्ड–नेपाल समूहको आमहड्ताले धनगढी बजार बन्द

पुनर्वास खबर बिहिबार २२, माघ २०७७ १०:४७

प्रचण्ड–नेपाल समूहको आमहड्ताले धनगढी बजार बन्द

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार बिहानै देखि बन्द रहेको छ ।

प्रचण्ड नेपाल समूहका कार्यकर्ताले धनगढीको क्याम्पस रोड, पुष्पलाल चोक, रातो पुल र चटकपुरमा टायर बालेर प्रर्दशन समेत गरीरहेका हुन्।

बिहानैदेखि रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराउन थालेका छन् भने कुनै पनि सवारी साधन नचलाउन आग्रह गरिरहेका छन्।

प्रचण्ड– नेपाल समूहको बन्दका कारण अत्यावश्यक सेवा बाहेक सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार व्यवसाय समेत ठप्प छ। दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटफुट रुपमा चलेका छन् ।

बन्दका कारण विहानै क्याम्पस पढ्न गएका विद्यार्थीहरु घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले अप्रिय घटना हुन नदिन जिल्लाभर ६ सय भन्दा बढी प्रहरी परिचालन गरेको बताए।



प्रतिकृया दिनुहोस

भर्खरै