२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

संसद् भङ्ग भएको छैन, सरकार विघटन भएको हो : प्रचण्ड

पुनर्वास खबर आइतबार १८, माघ २०७७ ०९:१९

संसद् भङ्ग भएको छैन, सरकार विघटन भएको हो : प्रचण्ड

नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक परिस्थिति दुर्घटनाग्रस्त हुनबाट जोगाउनमा आफूहरु गम्भीर बनेको बताए। प्रतिगमनको खतरालाई परास्त गर्न जनता पुनः एकपटक जुरमुराएको देख्दा आफूलाई गर्व लागेको भन्दै उनले भने, “जागिसकेका जनतालाई कसैले झुकाउन सक्दैन।” 

धनगढीमा भएकाे बिराेध सभालाइ सम्बाेधन गर्दै उनले विषेश परिस्थितिमा र कुनै अर्को विकल्प हुन नसकेमा मात्र संसद् विघटन गर्न सकिने भए पनि प्रधानमन्त्रीले विषेश परिस्थिति सिर्जना नहुँदा पनि प्रतिनिधिसभाको विघटन गरेर गल्ती गरेको आरोप उनको छ।

 “सर्वाेच्च अदालतमा रहेको संसद् विघटनको मुद्दालाई अदालतले संविधान र लोकतान्त्रिक मान्यतालाई बुझ्ने छ, हामी सही फैसला हुनेमा विश्वस्त छौँ”, दाहालले भने, “संसद् भङ्ग भएको छैन, सरकार मात्र विघटन भएको हो।” 



प्रतिकृया दिनुहोस

भर्खरै