२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

पुनर्वासमा प्रथम फारवेष्ट कप पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने

पुनर्वास खबर शनिबार १७, माघ २०७७ ०५:२५

पुनर्वासमा प्रथम फारवेष्ट कप पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रथम फारवेष्ट कप आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने भएको छ । पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा माघ ३० गते पेनाल्टी सुटआउट हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

कक्षा ८ सम्मका बिद्यार्थीहरूले सहभागी हुन पाउने आयोजकले जनाएको छ । शिक्षा संगै खेलकुद लाई पनि अगाडि बढाउने उदेश्यले पहिलो पटक विद्यालय स्तरीय पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको र आगामी बर्षहरूमा यसलाई निरन्तरता दिईने विद्यालयका अध्यक्ष तथा सञ्चालक काशिराम बोहराले बताए ।

प्रतियोगिताको विजेताले ११ हजार १ सय ११, उपविजेताले ६ हजार ६ सय ६६ साथमा सानदार टर्फि तथा मेडल र सर्वाधिक गोलकर्ताले १ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । विद्यालय पेनाल्टी सुटआउट फुटबल प्रतियोगितालाई श्री सरस्वती पुस्तक पसल धनगढी कैलालीले मुख्य प्रायोजन गरेको छ ।

यस्तै रिदम फलसिलिङ्ग उद्योग धनगढीले सह प्रायोजकमा साथ दिएको छ । श्री शिद्ददेवी ट्रेडस पुनर्वास १० ले ट्रफी तथा मेडल पुरस्कारको प्रायोजन गरेको छ भने श्री प्रशान्त ईलेक्ट्रोनिक्स पुनर्वास १० ले सर्बाधिक गोलकर्ताको प्रायोजन गरेको छ ।

यस्तै श्री बिष्ट ग्रिल उद्योग पुनर्वास १० ले अन्य पुरस्कारको प्रायोजन गरेको छ । आयोजकका अनुसार माघ २८ गते २ बजेसम्म टिम दर्ता गर्न सकिने र दर्ता शुल्क निशुल्क रहेको आयोजकले जनाएको छ ।



प्रतिकृया दिनुहोस

भर्खरै