२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

एलिना चौहान र भिम बिष्टले ल्याए पानी पँधेराे २ ‘कुरै बुझ्दैन’

पुनर्वास खबर शुक्रबार १६, माघ २०७७ १२:१५

एलिना चौहान र भिम बिष्टले ल्याए पानी पँधेराे २ ‘कुरै बुझ्दैन’

धनगढी । गायिक एलिना चौहान र गायक भिम बिष्टको स्वरमा पानी पँधेराे २ ‘कुरै बुझ्दैन’ गित सार्वजनिक भएको छ । पानी पँधेराे गीत स्रोता र दशर्कले अत्यधिक मन पराएका थिए। ५ महिनाको समयमा पानी पँधेराे गित ७२ लाख ५० हजार बढि दर्शकले हेरिसकेका छन् ।

पानी पँधेराे २ ‘कुरै बुझ्दैन’ गितको शब्द र म्युजिक भिम बिष्टको नै रहेको छ भने एरेन्ज जीवन वडु र श्यामस्वत रसायलीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा गायिका एलिना चौहान र भिम बिष्ट फिचर्ड रहेका छन् ।

म्युजिक भिडियोको छायांकन प्रकाश खड्का र सम्पादन दिनसन साहले गरेका छन् । म्युजिक भिडियो इनाश्री इन्टरटेन्मेन्टस्काे युट्युब च्यानलबाट रिलिज गरिएको छ।


प्रतिकृया दिनुहोस

भर्खरै