२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

‘तैं मोरिलाई माया’ गीतको म्युजिक भिडियो सार्वजनिक

पुनर्वास खबर शुक्रबार १६, माघ २०७७ १२:०९

‘तैं मोरिलाई माया’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘तैं मोरिलाई माया’ गीतको म्युजिक भिडियो विहिवार सार्वजनिक भएको छ । अहिलेकी चर्चित गायिका सृजना खत्री ‘हाउडे माया’ र  गायक केशव कठायतको स्वर रहेको ‘तै मोरिलाई माया’ को म्युजिक भिडियोमा मुकुन भुषाल, गीता सोवको मुख्य अभिनय रहेको छ ।

गीतमा दीपक आर.जे.को संगीत रहेको छ । अहिलेको युवा पिढीलाई लक्षित गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको गायक केशव कठायतले बताए । म्युजिक भिडियो कुलेखानी लगायत काठमाडौंका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको छ ।

म्युजिक भिडियो सृजना खत्री ‘हाउडे माया’ को सृजना खत्री नामको यु टुब च्यानल मार्फत हेर्न सकिने गायक केशव कठायतले बताए । 



प्रतिकृया दिनुहोस

भर्खरै