२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

पुनर्वास खबर बुधबार १४, माघ २०७७ ०३:५४

हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

बझाङ । बझाङमा खुडा प्रहार गरी हत्या गरिएका युवकको हत्या आरोपमा वडाध्यक्षसहित चार जनालाई पक्राउ गरिएको छ । छविसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवादपछि खुडा प्रहार गरी २७ बर्षिय अमृत सिंहको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार खुडा प्रहार गर्ने सोही गाउँपालिका–२ का ३२ बर्षिय ज्ञानबहादुर कडायतलाई मंगलबार नै घटनास्थलबाटै पक्राउ गरेको र सोही ठाउँका अन्दाजी ३७ बर्षिय वडाध्यक्ष विकास ऐडी, २८ बर्षिय प्रकाश ऐडी र ३० बर्षिय केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतकका दाई लोकेन्द्र सिंहले दिउँसोपख व्यवस्थापन समितिको मतगणना भएको र नेपाली काँङ्ग्रेसप्रति आस्थावान व्यक्तिहरु विजय भएपछि घर जाने क्रममा बाटोमा एक्लै भएको मौका पारेर राती ८ बजे छविसपाथिभेरा गाउँपालिका–३ को झड्खोला भन्ने ठाउँमा धारीलो हतियार खुडा प्रहार गरी हत्या गरेको बताए ।

सिंहको हत्यापछि नेपाली काँङ्ग्रेस समर्थक नेपाल विद्यार्थी संघ बझाङले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुर बजार बन्द गरी जयपृथ्वी राजमार्ग टायर बाल्दै सडक अवरुद्ध गर्नुका साथै नारा जुलुससमेत गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।



प्रतिकृया दिनुहोस

भर्खरै