२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

पर्यटकीय गन्तव्य बन्दै पुनर्वास र लालझाडी जोड्ने झोलुङ्गे पुल (भिडियो सहित)

पुनर्वास खबर सोमबार १२, माघ २०७७ १०:५१

पर्यटकीय गन्तव्य बन्दै पुनर्वास र लालझाडी जोड्ने झोलुङ्गे पुल  (भिडियो सहित)

कञ्चनपुर जिल्लाको लालझाडी गाँउपालिका वडा नम्बर १ बिनवारी र पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया जोड्ने झोलुङ्गे पुल पर्यटकको गन्तव्य बन्न थालेको छ। केही वर्षअघिसम्म सुनसान रहेने सो ठाउँमा अहिले हुलका हुल पर्यटक जान थालेका छन्।

२ सय मिटर लम्बाईमा रहेको पुलमा अहिले २ सय देखि ३ सय सम्म आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको पाईएको छ । यस्तै झोलुङ्गे पुल निर्माण भएपछि आवातजावतमा समेत सहज भएको स्थानीयबासीहरुले बताएका छन् ।

यस अघि सो क्षेत्रमा पुल नहुदाँ ज्यानको जोखीम नै मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको थियो भने अहिले सो समस्या समाधान भएपछि स्थानीय समेत खुसी भएका हुन् ।

झण्डै १ करोड ९९ लाख लागतमा बनेको झोलुङ्गे पुल सो क्षेत्रकै आर्कषक बिन्दु बन्दै गएको छ । पुलमा टिकटक बनाउन, फोटो खिच्न आउने गरेका छन् । 



प्रतिकृया दिनुहोस

भर्खरै