२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

धनगढी मालपोतका प्रमुखद्वारा पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार(भिडियो सहित)

पुनर्वास खबर आइतबार ११, माघ २०७७ ०७:१८

धनगढी मालपोतका प्रमुखद्वारा पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार(भिडियो सहित)

धनगढी । मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले अपशब्द प्रयोग गर्दै पत्रकारमाथी हातपात गर्न खोजेका छन् । रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई कार्यालय प्रमुख केसीले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।

मालपोत कार्यालय कैलालीमा कर्मचारीद्धारा मनपरी रुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए । “कर्मचारीद्धारा भएको कमजोरीका विषयमा बुझ्न कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा उनि घाम तापेर बसीरहेका थिए’,उनले भने,‘ हामी कार्यकक्षमा प्रवेश गरिसकेपछि प्रमुख कार्यकक्षमा आएका हुन ।”

कार्यालयमा भएको कमजोरी र कर्मचारीद्धारा भएको लापरवाहीको विषयमा कार्यालयका प्रमुख सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनि एक्कासी जंगिएको पत्रकार श्रेष्ठले बताए । कार्यालयमा भएको कमजोरी सुधारका लागि पहल गर्नुपर्ने ठाउँमा उनि आफ्ना कर्मचारीलाई बचाउ गर्नमै तल्लिन थिए । उनले पत्रकार श्रेष्ठ माथि दुव्र्यवहार गर्दै अपशब्द समेत प्रयोग गरेका छन् ।



प्रतिकृया दिनुहोस