पुनर्वास खबर शनिबार १०, माघ २०७७ १०:३३
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज सुदूरपश्चिम बन्द गरेको छ। सरकारले पक्राउ गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरे अनुसार यता सुदूरपश्चिममा पनि यसको असर परेको छ ।
विप्लवको बन्दका कारण कैलालीसहितका जिल्लामा यातायात सेवा प्रभावित भएपनि शुक्रबार रातिदेखि नै प्रहरीले स्कटिङ गरेर सवारी साधन गन्तव्य पठाइरहेको जनाएको छ ।
विप्लवले पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बताउँदै आएको छ ।
प्रतिकृया दिनुहोस