२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

निर्वाचनको घोषणापत्र अनुरुप नै काम गरिरहेका छौं : अध्यक्ष भट्ट

पुनर्वास खबर शुक्रबार ०९, माघ २०७७ ०१:५६

निर्वाचनको घोषणापत्र अनुरुप नै काम गरिरहेका छौं : अध्यक्ष भट्ट

डडेल्धुराको अजयमेरू गाँऊपालिकाका अध्यक्ष उमेश प्रशाद भट्टले बिभिन्न अभावकै कारण गाँउपालिकालाई अहिले एक नमुना गाँउपालिकाको रुपमा चिनाउन सफल भएको बताएका छन् । बिहिबार बोलन्या थललीको सेटमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

आफुले निर्बाचनमा बोलेका बाचाहरुलाई क्रमश पुरा गरिरहेको बताए । आफुले निर्वाचनमा बोलेका बाचाहरुमध्ये ९० प्रतिशत काम पुरा गरिसकेको समेत दावी गरे । गाँउपालिकालाई नमुना गाँउपालिका बनाउने उदेश्यले आफू निरन्तर लागिरहेको उनले बताएका छन् ।

अहिले गाँउपालिमा भित्रका सबै वडामा सडक बिस्तार गरिसकेको र गाँउवासीहरुका समस्याहरुलाई हेर्दै ति समस्याहरुलाई समाधान गरिरहेको बताए ।



प्रतिकृया दिनुहोस

भर्खरै