२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

पुनर्वास खबर बिहिबार ०८, माघ २०७७ ०८:०५

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

कञ्चनपुर । जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवान बिष्टले बताए ।

प्रधानमन्त्री केपी ओलिले संसद विघटनको अधिनायकवादी र असंवैधानिक कदमका बिरोधमा नेपाली काँग्रेसले कञ्चनपुरको पुनर्वास ११ स्थित अमरबस्तीमा बिहिवार आयोजित बिरोध सभामा बोल्दै नेता बिष्टले भने ,एउटा पार्टी मिलाउन नसक्ने यि कम्युनिस्ट बाट देश चलाउन नसक्ने तथ्य प्रमाणित बनेको छ ।

नेता बिष्टले भने – आपसी डाहाले जनताको वारिस संसद ध्वस्त पार्दै जनमतको गला रेट्ने कम्युनिस्ट लाल गद्दार हुन । कम्युनिस्टहरु सत्ता लिप्सा र अधिनायकवादी शैलीमा सर्व सत्तावादी निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।

जिल्लाको दक्षिणी सीमान्त पुनर्वासको अमरबस्तीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता बिष्टले भने – दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन ।

जब जब देश कठिन अबस्थामा पुग्छ त्यो त्यो बेला काँग्रेसलेनै देश र जनतालाई निकास दिँदै आएको छ अब पनि देशको लोकतन्त्र र जनताको सार्वभौम सत्ता जोगाउन काँग्रेस सडकमा आएको नेता बिष्टले बताए ।

कञ्चनपुरको पुनर्वास स्थित अमरबस्तीमा आयोजित बिरोधसभामा नेकपा र राप्रपा परित्याग गरि एक दर्जन कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेस प्रवेश गर्नेहरुमा ०७४ को स्थानीय निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार नरबहादुर खडका , कृष्ण बहादुर तामाङ , गोरख खड्का नेकपा परित्याग गरि लालबहादुर बोगटी ,दुर्गाबहादुर तामाङ ,बिमला तामाङ ,कृष्ण चौधरी , तारा न्युरे ,धन बहादुर खड्का लगायतका स्थानीय कार्यकर्तालाई नेता बिष्टले काँग्रेसमा भित्र्याएका थिए ।

नेपाली काँग्रेसका वडा सभापति प्रेम्सिंह ठगुन्नाको अध्यक्षतामा आयोजित बिरोध सभामा नगर उपसभापति तुलसी अर्याल , बिद्यार्थी नेता कुलैराज उपाध्यायले मनतब्य राखेको कार्यक्रमको संचालन देवबहादुर सिहले गरेका थिए ।



प्रतिकृया दिनुहोस