पुनर्वास खबर बिहिबार ०८, माघ २०७७ ११:३६
धनगढीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा आउने भएको छ । बिहिवार व्यवसायी गोपाल हमालले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएका छन् ।
कुनै पनि सवारी साधनले त्यो पाथिक शरीर शुल्क दिँदा पनि बोक्न नमान्ने भएकाले त्यसको समस्या लाई समाधान गर्नका लागि आफूले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको व्यवसायी हमालले बताए ।
मृत्यु पछि पनि मानिसले समान सहित जाने व्यवस्था मिलाउनका लागि उनले भने यो निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका हौ ।
केही समय पछि कुनै सघ संस्थाले यसको जिम्मा लिएर सञ्चालनमा ल्याउन खोजेमा त्यो संस्थालाई लाई हस्तान्तरण गर्न उनले बताए । निःशुल्क महाप्रस्थान यान सञ्चालनको लगानी ३० लाख रुपैयाँ रहेको उनले बताए ।
धनगढी भित्रका बासिन्दाहरू लाई निःशुल्क रूपमा सञ्चालन गर्न उद्देश्यले यो महाप्रस्थान यान सञ्चालनमा ल्याएको उनले बताए । चालु आर्थिक वर्ष भित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनले दाबी गरे ।
प्रतिकृया दिनुहोस