२०७७ फागुन २३ गते आइतबार | 7 March, 2021

कृषिमा भबिष्य खोज्दै पुनर्वास ९ बिचफाँटाका सुर्य

पुनर्वास खबर शुक्रबार ०२, माघ २०७७ ०२:०८

कृषिमा भबिष्य खोज्दै पुनर्वास ९ बिचफाँटाका सुर्य

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटाका सुर्य बुढा कृषि क्षेत्रमा भबिष्य खोजिरहेका छन् । करिब दश वर्ष बैदेशिक रोजगारी गरेसकेका बुढाले अहिले साढे चार लाख लगानीबाट आफ्नै क्षेत्रमा कृषि क्षेत्रलाई रोजेका छन् ।

करिब ४ बिगाहा जमिनमा  व्यावसायिक कृषिको योजना अघि सारेको छु’, बुढाले भने, ‘ आवश्यकता अनुसार क्षेत्र बढाउँदै लैजाने लक्ष्य छ । परिश्रम गरे विदेश जानुपर्दैन, यहीँ कमाउन सकिन्छ  र राज्यले अनुदान, सहुलियत, उचित बजारीकरण, भौतिक पूर्वाधार बनाइदिए कृषि पेसामा लागेका युवाहरु लाई धेरै राहत मिल्ने थियो ।’

तीन वर्ष मलेशिया र करिब ७ वर्ष भारतमा काम गर्दा कयौ दुख कठिनाई समेत भोगेका बुढाले अहिले मनग्य आम्दानी गरिरेका छन् । अहिले जग्गा भाडामा लिएर तीन बिघा जमिनमा आलु खेती गरेका  छन् । भने करिब एक बिघा जमिनमा काउली, ब्रो काउली, बन्दा, टमाटर, मटर, गाजर, प्याज, खुर्सानी, चुकुन्दर, लसुन र धनिया लगाएका छन् ।

तरकारी खेती शुरु गरेपनि सिचाईको निकै असुविधा भएको छु’, बुढाले भने, ‘ सिचाँईको असुविधाका कारण नल्कामा जडान हुने हाप ईन्चको मोटरले जमिनमा लगाएको तरकारी बाली सिचाँई गर्नु पर्ने बाध्यता छ ।

उनले तरकारी खेती सगै बाख्रा पालन पनि शुरु गरेका छन् । पछिल्लो समय स्वदेशमा रोजगारीका अवसर नहुदा खाडी तथा भारतका विभिन्न सहरमा जाने नेपालीलीहरूको संख्या बढ्दै गएको छ । यसमा सरकारी पक्षले विशेष अनुदान दिन सके युवालाई स्वदेशमै रोक्न सकिने उनले बताए ।

अहिले पनि भारबाट करोडौंको तरकारी नेपालमा भित्रिरहेको छ । तर स्थानीय कृर्षकले उचित बजारको समेत उचित व्यवस्थापन नहुदा स्थानीय कृषकहरु निकै हैरानी खेपिरहेका छन् । उर्जाका साथ कृषिमा अघि बढि रहँदा सम्बन्धित निकायले यस्ता कृषि उद्यमीहरुको पहिचान र अनुगमन गरी कृषक बुढा जस्ता वास्तविक किसानहरुलाई राहतका प्याकेज उपलब्ध गराउनुपर्ने आवश्यक देखिएको छ ।


 



प्रतिकृया दिनुहोस

भर्खरै