२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

बझाङ्गमा मन्त्री ठगुन्नालाइ कालो झण्डा

पुनर्वास खबर बुधबार २९, पुष २०७७ ०७:४०

बझाङ्गमा मन्त्री ठगुन्नालाइ कालो झण्डा

दिनेश धामी , बझाङ्ग। बझाङ्ग जिल्लामा नवनियुक्त सघिय मामिला तथा सामन्य प्रशासन मन्त्री गणेश सिङ ठगुन्नालाइ कालो झण्डा देखाउदै स्वागत गरिएको छ।

बझाङ्गमा आज भएको आमसभालाइ सम्बोधन गर्न बझाङ्ग पुगेका मन्त्री ठगुन्नालाइ प्रचण्ड माधव समुहको अनेरास्ववियु र युवा सङ्घ बझाङ्गको आयोजनामा जिल्लाको सिमखेत नजिकै पक्कीपुलमा टायर बाल्दै कालो झण्डा देखाएको छ।
केही समयका लागि बनेका म्यादी मन्त्री भन्दै नारा जुलुश र कालो झण्डा देखाएको अनेरास्ववियुले जनाएको छ।
आज आयोजना गरिएको आमसभामा अनेरास्ववियु केन्द्रिय सयोजक ऐन महर , निवर्तमान सासद भैरब बहादुर शिन्ह, अफिलाल ओखेडा , आनन्दलाल बिक, जनक जोशी तथा नवनियुक्त सघिय मालिला तथा सामन्य प्रशासन मन्त्री गणेश सिङ ठगुन्ना उपस्थित भएका छ्न ।


प्रतिकृया दिनुहोस