२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

पुनर्वासको फारवेष्ट ईटरनेशनल स्कुलको प्रथम बार्षिक उत्सब सम्पन्न

पुनर्वास खबर मङ्गलबार २८, पुष २०७७ ०७:३४

पुनर्वासको फारवेष्ट ईटरनेशनल स्कुलको प्रथम बार्षिक उत्सब सम्पन्न

कञ्चनपुरको पुनर्वास नगरपालिका १० भिम्बस्तीमा रहेको श्री फारवेष्ट ईटरनेशनल स्कुलको प्रथम बार्षिक उत्सब एवं अभिभावक दिवस सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिष्टको प्रमुख अाथित्यमा बार्षिक उत्सब सम्पन्न भएको हो । गत बर्ष आजकै दिनमा बिधालय स्थापना गरिएको बिधालयका संचालक कासिराम बोहराले बताए । कोरोनाका कारण भनेजस्तो प्रगती गर्न नसकिए पनि पहिलो बर्षमै विद्यार्थीहरूको उत्साह देखेपछि आफू निकै खुशी भएको उनले बताए । विद्यार्थीहरूको उत्साह देखेपछि आगामी बर्षामा बिद्यालयलाई अझै व्यवस्थापन गरेर अगाडि बढाउने उनको भनाई छ । अहिले कक्षा ६ सम्म रहेकोले अर्को बर्ष कक्षा ७ सम्म बनाउने योजना रहेको उनले भनाइ छ । विद्यालय व्यवसाय नभएर सेवा प्रवाहका लागि विद्यालय सञ्चालन गरेको उनको दावी छ । यस्तै कार्यक्रमकी प्रमुख अथिती पुनर्वास नगरपालिकाको उपप्रमुख शारदा बिष्टले कोरोना कहरकै बिच बिधालय संचालन गरेर सबै क्षेत्रमा राम्रो प्रगती गरेको भन्दै बिधालय परिबारलाई शुभकामना व्यक्त गरिन् । नयाँ बिधालय भएपनी भौतिक प्रगति देखि सबै कुरामा राम्रो ब्यवस्थापन भएकाले आगामी दिनमा अजै राम्रो हुने र आफ्नो सहयोग सदैब रहने उनले प्रतिबद्धता गरिन् । स्कुलको प्रथम बार्षिक उत्सब एवं अभिभावक दिवसमा बिधालयमा भएका अतिरिक्त क्रियाकलापको पुरस्कार बितरण समेत गरेको थियो। बिद्यार्थीहरुको नृत्य तथा अभिभावकहरुको खेलकुद कार्यक्रम समेत भएको बिधालयले जनाएको छ। 


प्रतिकृया दिनुहोस