२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनिएपछि...

पुनर्वास खबर सोमबार २७, पुष २०७७ १०:२९

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनिएपछि...

कञ्चनपुुर जिल्लाको पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ६ घण्टा कार्यकक्षमै थुनिएको छ।नगरपालिकास्थित आन्दोलनरत सुकुमवासी तथा अव्यवस्थित बासोवासीहरुले आफुहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्दै ६ घण्टासम्म कार्यकक्षमै थुनेका हुन्। उनलाई दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यकक्षभित्र तालाबन्दी गरेर थुनेका हुन्।

सुकुमवासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै आएको र कार्यालयमा तालाबन्दी गरेको बताए। उनले नगरपालिका भवनमै तालाबन्दी सम्म हुने स्थिति शृजना भएपछि तत्काल सुकुम्बासीको लगत संकलन गर्ने विज्ञप्ति निकालेका छन ।

No photo description available.


प्रतिकृया दिनुहोस