२०७७ माघ १० गते शनिबार | 23 January, 2021

लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छाड्छौं: प्रधानमन्त्री ओली

पुनर्वास खबर आइतबार २६, पुष २०७७ ०२:५५

लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छाड्छौं: प्रधानमन्त्री ओली

काठमाडौं   प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सीमाना मिचेका नेपालका क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छोड्ने बताएका छन् ।

उनले आइतवार राष्ट्रिय सभामा बोल्दै १ सय ४६ वर्षदेखि हामीले उपभोग गर्दै आएको जग्गा नेपालले कायम गरेरै छाड्ने बताएका हुन् ।

सुगौली सन्धिपछि नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्साबाट गायब पारिए पनि आफ्नै नेतृत्वको सरकारले उक्त भू–भागलाई संविधान र निशान छापमा समावेश गराएको पनि ओलीले बताए ।

साथै उनले ती भारतले हडपेका भूभागलाई नक्सामा छाप्दा कतिपयलाई छटपटी भएको पनि दाबी गरे ।

‘हाम्रो खेतको शीरैबाटै भारतमा पानी लगिएको छ, हाम्रो खेत बाँझै हुन्छ,’ यसबारेमा भारतसँग भेट गर्दा भारतसँग नजिकिएको भनिन्छ, प्रधानमन्त्री ओलीले भने, ‘सीमासम्बन्धी समस्या छ भने हामीले खुला छलफल गर्नुपर्छ, हामीले भारतसँग भनाइहरू राख्नुपर्छ, त्यसैले भारतसँग छलफल हुन्छ ।’

उनले कसैले सरकार ढाल्नुपर्ने उचित कारण भए त्यो बताउन पनि चेतावनी दिए । आफूले देशको हितमा काम गर्दा कतिपयले आफ्नोविरुद्ध कदम चालेकाले संसद विघटन गर्नुपरेको ओलीको दाबी थियो ।


प्रतिकृया दिनुहोस