पुनर्वास खबर आइतबार २६, पुष २०७७ ०१:०६
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिका भित्र बसोवास गर्दै आएका सुकुम्वासीहरुले आईतवार तालाबन्दी गरेका हुन् । आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै उनीहरु तालाबन्दी गरेको सुकुम्वासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले बताए ।
कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसंग भूमिहीन, सुकुम्वासी लगायतलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आयोगले सम्झौता गरी काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।
यस अघि पनि उनिहरुले पुस २० गते मौन जुलुस गरेका थिए । यहाँ करीब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएका छन् ।
प्रतिकृया दिनुहोस