२०७७ माघ १० गते शनिबार | 23 January, 2021

डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पुनर्वास खबर आइतबार २६, पुष २०७७ १२:४९

डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको  मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अन्दाजी ३५ वर्षीय चालक ओमप्रकाश पन्तको मृत्यु भएको बताए।

यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन। ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन। 


#डडेल्धुरा

प्रतिकृया दिनुहोस