२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

ग्वालावारीमा काङ्ग्रेस निकट प्यानल विजयी

पुनर्वास खबर आइतबार २६, पुष २०७७ १२:३९

ग्वालावारीमा काङ्ग्रेस निकट प्यानल विजयी

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको ग्वालावारी सामुदायिक वन उपभोक्ता समितिमा काङ्ग्रेस निकट उम्मेदवारका प्यानल विजयी भएको छ । 

सो सामुदायिक वनको साधारण सभामा नेकपा ओली पक्ष समर्थित उम्मेदवारलाई पराजित गरी काङ्ग्रेस निकटका उम्मेदवारको प्यानल विजयी भएको हो । अध्यक्षमा कमलराज गिरी विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी भीमबहादुर बोहरालाई पराजित गरे । 

यसैगरी, उपाध्यक्षमा जमुनादेवी भट्ट, सचिवमा रुब्सी चन्द, सदस्यहरुमा पुष्पा नाथ, कलावती धामी, सिद्धराज जोशी र गणेश जोशी विजयी भएका छन् । 


# कञ्चनपुर

प्रतिकृया दिनुहोस