२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

एलपिएलको मुख्य प्रायोजक चण्डिका ग्रुप

पुनर्वास खबर शनिबार २५, पुष २०७७ ०७:२३

एलपिएलको मुख्य प्रायोजक चण्डिका ग्रुप

धनगढी । धनगढीमा फागुन १५ देखी २४ गते सम्म सञ्चालन हुने लिटल फ्लावर प्रिमियर लिग –५ विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगितालाई चन्डीका ग्रुपले मुख्य प्रायोजन गरेको छ ।

आयोजक लिटल फ्लावर स्पोर्ट एन्ड इभेन्टसले शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्य प्रायोजक सँग सम्झौता गरी सार्वजनिक गरेको हो । प्रतियोगिताको सह–प्रायोजकको रूपमा जोशी अप्टिकल एन्ड आई केयर सेन्टर जोडिइसकेको छ ।

प्रतियोगितामा काठमाण्डौं तीनकुने स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले सह–प्रायोजन गर्ने सहमति भइसकेको छ । यसै गरी एलपिएलका लागि दोस्रो पुरस्कार राशिको प्रायोजन धनगढी उत्तरबेहेडी स्थित गुरुकुल एकेडेमीले गरेको छ ।

एलपिएलको हस्पिटालिटी पार्टनरमा इमेज होटेल प्राली,धनगढी,एजुकेसन पार्टनर ओएसिस कलेज अफ होटेल म्यानेजमेन्ट, ब्राउज टु यु बाई प्रायोजक अमेरिका निवासी समाजसेवी जयन्ती थापा, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, सह-प्रायोजकमा धनगढी २, स्थित दहाल पुस्तक पसल धनगढीको टुङ्गो लागेको लिटल फ्लावर स्पोर्ट एण्ट इभेन्ट्सका अध्यक्ष शाहीले बताए । प्रतियोगितामा सहभागिता जनाउने टिमले पुस मसान्त सम्म टिम दर्ता गराइसक्नु पन आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस