२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

सर्वहारा श्रमिकको नामको बोर्ड झुन्ड्यार जनता झुक्याउने सरकार नालायक: काँग्रेस नेता बिष्ट

पुनर्वास खबर शनिबार २५, पुष २०७७ ०५:१३

सर्वहारा श्रमिकको नामको बोर्ड झुन्ड्यार जनता झुक्याउने सरकार नालायक: काँग्रेस नेता बिष्ट

कञ्चनपुर । कोरोनाको कहरका बेला जनतालाई दुई छाक टार्न नसकेर त्रासका बेला जनतालाई बिदेसिन बाध्य पार्ने सर्वहारा , श्रमिकको नाममा राजनीती गर्नेहरुको सरकार नालायक भएको नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवान सिंह बिष्टले बताए । 

नेपाली काँग्रेस केन्द्रिय समितिले घोषणा गरे अनुरुप  कञ्चनपुरको पुनर्वास ११ स्थित डोकेबजारमा आयोजित बिरोध सभामा बोल्दै नेता बिष्टले भने "बाघको खोल ओढेर स्याल बाघ हुदैन । कम्युनिस्ट हरु आफ्नो घर पनि बनाउदैन अर्काको पनि बन्न दिन्नन।  देशमा जनतालाई रोजगारी दिन नसक्ने सरकार नालायक बनेको नेता बिष्टले बताए ।  
 
जब जब मुलुक संकटमा रहयो त्यो बेला नेपाली काँग्रेसले मात्रै राष्ट्रलाई निकास दिएको छ । अब पनि देशलाई निकास दिन काँग्रेस बाहेक अर्कोले नसक्ने  काँग्रेस नेता बिष्टले बताए । आफ्नो सरकार आफै चलाउन नसक्ने कम्युनिस्ट आज देशमा नौटंकी गर्दै हिडेको छ । बिरोध र आलोचना सहन नसक्ने कम्युनिस्ट माननीयहरुले देशको शक्ति र सत्ताको दुरुपयोग गरि हिडिरहेका छन् । 

नेपाली काँग्रेसका नेता बिष्टले कञ्चनपुरको डोकेबजारमा आयोजित बिरोध सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपि ओलि प्रती ब्यंग्य गर्दै भने " पिएम ओलि जि ले हिजो भन्नुभयो हामी देश बनाउन हिडेका छौ बडो ताज्जुब लाग्छ प्रजातन्त्रको मुल थलो संसद विघटन गरेर सर्वसत्तावादी पथमा हिडेर कस्तो बिकास खोज्नु भएको हो ? आज पिएम ओलि जि को हठका कारण मुलुकमा लोकतन्त्रमा खतरा देखिएको छ तर वहाँ अझै समृद्धिका सपना बाँडेर हिडिराख्नु भएको छ ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ को 'क'  पुनर्वासको डोकेबजारमा आयोजित बिरोध सभा नेता दाउत तामाङको सभापतित्वमा समापन गरिएको थियो ।

बिरोध सभामा परि रावल , कुलैराज उपाध्याय , पुनर्वास नगर उपसभापति तुलसी अर्याल , प्रदेश सभा उम्मेदवार गोपाल गुरुङ , जिल्ला उपसभापति बन्धु राना  लगायतका वक्ताले बोलेको बिरोध सभाको संचालन अमरजन साँउदले गरेका थिए ।



#कञ्चनपुर

प्रतिकृया दिनुहोस