२०७७ माघ १० गते शनिबार | 23 January, 2021

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै

पुनर्वास खबर शनिबार २५, पुष २०७७ ११:१६

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । 

देशभर हुने विरोध प्रदर्शनमा केन्द्रीय नेताहरु सहभागी हुँदैछन् । यसरी हुने विरोध प्रदर्शनमा पार्टी सभापति शेरबहादुर देउवासहितका नेता सहभागी हुँदैछन् । शनिबारको प्रदर्शनमा सहभागी हुन सभापति देउवा काठमाडौं क्षेत्र नम्बर ५ मा पुग्दैछन् । उनले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ । 

केन्द्रीय कार्य समितिको निर्णयअनुसार काँग्रेसले सुदूरपश्चिमका ९ जिल्लाका विभिन्न स्थानमा शनिबार दिउँसो विरोध प्रर्दशन गर्ने जनाएको छ।  नेपाली काँग्रेस कैलालीका नेता नृपबहादुर सुनारले धनगढी सहित जिल्लाका विभिन्न १० स्थानमा विरोध सभाको आयोजना गरिएको बताए। 


प्रतिकृया दिनुहोस