२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

धनगढीमा अत्याधुनिक सुबिधा सम्पन्न रेकर्डिङ स्टुडियो सञ्चालनमा

पुनर्वास खबर शुक्रबार २४, पुष २०७७ १०:४५

धनगढीमा अत्याधुनिक सुबिधा सम्पन्न रेकर्डिङ स्टुडियो सञ्चालनमा

धनगढी  । संगितकार शिशिर साधकले धनगढीमा अत्याधुनिक सुबिधा सम्पन्न रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छन् । लामो समयदेखि संगितमा लागेका संगितकार साधकले धनगढी उपमहानगरपालिका २ एसटिएस सिनेमा नजिकै १२ लाख लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न साधक रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।

प्छिल्लो समय सांगितिक क्षेत्रमा सुदुरपश्चिम प्रदेशबाट नव प्रतिभा उदाए रहेका बेला धनगढीमा अत्याधुनिक सुबिधा सम्पन्न साधक रेकर्डिङ स्टुडियोले स्थानियस्तरका कला,संस्कृति र आर्थिकस्थिति कमजोर भएका नव प्रतिभालाई कम लगानिमा गुणस्तरिय संगित दिने र स्थानियस्तरका कला,संस्कृतिको जगरणा गरिने उद्देश्यले रेकर्डिङ स्टुडियो खोलिएको संगितकार शिशिर साधकले बताए ।

‘सांगितिक क्षेत्रको ठुलो सम्भावना रहेको धनगढीमा आफुले लामो समय संगितकारमा बिताएका अनुभबलाई अत्याधुनिक रेकर्डिङ सामाग्रीको सदुपयोग गरेर सस्तोमा गुणस्तरीय संगित दिन रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छौं ।’ उनले भने—‘अब मान्छे काठमाण्डौ जान रुचाउने छैन,किन कि ? काठमाण्डाकौ राम्रो स्टुडियोले प्रयोग गर्ने रेकर्डिङ सामाग्रीनै हामीले प्रयोग गरेका छौं, गायकमा निखार ल्याएर संगित दिने छौं ।’

गित रेकर्ड ग¥यो, पैसा लियो,हातमा गित दिएर पठाउने नभई संगित क्षेत्रमा भबिष्यमा सम्भावना रहेका व्यक्तिलाई आफुसंग राखेर म्युजिक सम्बन्धी ज्ञान दिएर गायक गायिकामा निखार ल्याइनेछ । केहि लोकप्रिय गितमा संगित दिएका संगितकार शिशिरले परम्परागत यस क्षेत्रका गितलाई जगरणा गर्न त्यस्ता प्रतिभालाई निःशुल्क रुपमा रेकर्डिङ स्टुडियो उपलब्ध गराई गित रेकर्डिङ गर्ने बताए ।

यस्तै संगित सिक्न चाहनेका लागि केहि महिनामै संगित विद्यालय संचालनमा योजना रहेको छ । गुरुकुलिय पराम्परागतबाट संगित सिकाइने छ । सानैमा राम्रो प्रतिभा भएकाहरुको संगित साधना नहुदाँ आवाज बिग्रिने गरिन्छ,त्यसका लागि संगित साधनामा लाग्नु जरुरी भएकोले संगित साधना कुटी सञ्चालनमा ल्याउन तयारी भएको उनले बताए ।


प्रतिकृया दिनुहोस