पुनर्वास खबर शुक्रबार २४, पुष २०७७ ०९:३२
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित कैलालीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि शुक्रबार बिहानैदेखि धनगढीसहित जिल्लाका सबै ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।
प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको उडान प्रभावित भएको जनाएको छ । शुक्रबार बिहान ८ बजेर १५ मिनेटमा काठमाडौँबाट हुने श्री एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली धनगढी आउने कार्यक्रम तय भएपनि बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको हो।
मौसम खुल्दै गए १० बजेसम्म काठमाडौँबाट विमान उड्ने श्री एयरलाइन्सले जनाएको छ। प्रधानमन्त्री ओली नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभामा सहभागी हुन धनगढी आउने कार्यक्रम रहेको छ।
प्रतिकृया दिनुहोस