२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

चार वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

पुनर्वास खबर बुधबार २२, पुष २०७७ ०१:५४

चार वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ

धनगढी । धनगढी उप-महानगरपालिमा ४ वर्षीया बालिकामाथि बलात्कार गरेकोे आरोपमा एक युवक पक्राउ परेका छन् ।

उप–महानगरपालिका–९ की ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस