२०७७ माघ १० गते शनिबार | 23 January, 2021

भारतीय एसएसबीले गोली चलाउदा कञ्चनपुरका एक युवक घाइते (भिडियो सहित)

पुनर्वास खबर मङ्गलबार २१, पुष २०७७ १०:०८

भारतीय एसएसबीले  गोली चलाउदा कञ्चनपुरका एक युवक घाइते  (भिडियो सहित)

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकासंगै जोडिएको भारतीय क्षेत्रको गढिगोठ जंगलमा नेपाली युवक घाइते भएका छन् । सोमबार साँझ साडे ६ बजेको समयमा सीमावर्ती भारतीय क्षेत्रबाट घर फर्किरहेका दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ बस्ने नरेश सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी  दिए। उनका अनुसार, घाइते सुनारको खुट्टामा चोट लागेको छ । 

युवक भारतीय भूमिमा गई त्यहाँबाट सामान लिएर फर्किदा बाटोमा रुख ढलेको, सोही समयमा कतैबाट गोली चलेको आवाज निस्केको र छर्रा युवकको खुट्टामा लागी घाइते भएको पीडित पक्षबाट जानकारी प्राप्त भएको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । घटनाको बारेमा जानकारी पाएलगत्तै प्रहरी निरीक्षक नेतृत्वको टोलीले अनुसन्धान थालेको उनको भनाइ छ ।



#कञ्चनपुर

प्रतिकृया दिनुहोस