२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

गायिका मेलिना राईको 'यो जीवन' सार्वजनिक ( भिडियो )

पुनर्वास खबर आइतबार १९, पुष २०७७ ११:३९

गायिका मेलिना राईको 'यो जीवन' सार्वजनिक ( भिडियो  )

काठमाडौँ । गायिका मेलिना राई र गायक,संगीतकार तथा संगीत संयोजक बादल लिम्बुको युगल गायनमा समावेश 'यो जीवन' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको गीतमा प्रेमी प्रेमिकाले एक अर्का प्रति गरेका वाचा र प्रेमभाव प्रकट गरिएको छ। गीतमा शब्द ज्ञान लिम्बुले लेखेका हुन् भने स्वयम् गायक लिम्बुले यस गीतलाई संगीतवद्द र संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायांकन भएको भिडियोमा सुजता थुलुङ र बादल लिम्बु फिचर्ड छन्  भने साथमा अतिथि भुमिकामा कलाकार तथा निर्देशक उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय देख्न सकिन्छ।

सुरेश राई सहायक निर्देशक रहेको यस भिडियोलाई किरण राईको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।



प्रतिकृया दिनुहोस