२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

प्रधानमन्त्री ओली पुस २४ गते धनगढी आउँदै

पुनर्वास खबर आइतबार १९, पुष २०७७ ११:०५

प्रधानमन्त्री ओली पुस २४ गते धनगढी आउँदै

प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएका छन्।पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न ओली यहाँ आउन लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। 

नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। 

प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणापछि ओली जिल्ला तथा प्रदेश दौडाहमा लागेका छन्। सोही कार्यक्रम अनुसार धनगढीमा पनि जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ। 


#नेकपा #प्रधानमन्त्री #केपी शर्मा ओली

प्रतिकृया दिनुहोस