२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

धनगढीमा यस्तो देखियो ‘अम्ब्रेला स्ट्रिट’

पुनर्वास खबर बिहिबार १६, पुष २०७७ ०९:०९

धनगढीमा यस्तो देखियो ‘अम्ब्रेला स्ट्रिट’

अहिले चितवन र काठमाडौँमा ‘अम्ब्रेला स्ट्रिट’ चर्चा हुन्छ । सजाएर राखिएको छातामुनी बसेर रमाइलो गर्ने युवापुस्तादेखि बृद्धबृद्धाको संख्या उल्लेख्य हुन्छ । ति ठाउँहरुमा फोटो खिच्न र टिकटक बनाउनेहरुको सबैभन्दा बढि भीड हुने गरेको छ । अब सुदूरपश्चिमको राजधानी धनगढीमा पनि सजाएर राखिएको छातामुनी बसेर फोटो खिच्न र टिकटक बनाउन र्पाइने भएको छ । कोरोना कहरले झण्डै १० महिनासम्म बन्द रहेर सोमवारदेखि सञ्चालनमा आएको धनगढीको एसटिएस सिनेमाले ‘अम्ब्रेला स्ट्रिट’ तयार पारेको हो । एसटिएस सिनेमा झण्डै डेढ सय रंगीचंगी छाता आकाशमा झुन्ड्याइएको छ । 

टिकटक बनाउन, फोटो सेसन गर्न र सेल्फी खिच्नका लागि ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको एसटिएस सिनेमाले जनाएको छ । ‘ काठमाडौं, चितवनमा प्रयोग गरेको कन्सेप्टले जति चर्चा पायो उति नै धनगढीले पनि चर्चा पाउने विश्वास गरिएको छ ।                                            A3DA

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिकृया दिनुहोस