२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

नायक श्रीकृष्ण जस्तै देखिने कञ्चनपुरका प्रकाश म्युजिक भिडियोमा

पुनर्वास खबर सोमबार १३, पुष २०७७ १०:२०

नायक श्रीकृष्ण जस्तै देखिने कञ्चनपुरका प्रकाश म्युजिक भिडियोमा

कञ्चनपुर । गायक सम्राट चौलागाईं र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गित ‘रुईको सिरानी’ सार्वजनिक भएको छ । गीतको शब्द,म्युजिक,एरेन्ज र मिक्सिङ्ग बाबुल गिरिले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा भने स्वर्गीय नायक श्रीकृष्ण क्षेष्ठको मिल्दोजुल्दो अनुहार भएका कंचनपुरका प्रकाश चन्द र मोडेल गिता ढुंगाना रहेकी छन् ।

म्युजिक भिडियोको छायांकन बुद्ध थापा र सम्पादन नवीन निरौलाले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन सुबोल थापाले गरेका छन्  । म्युजिक भिडियो गायक सम्राट चौलागाईंको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ। पछिल्लो समय स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ जस्तै अनुहारले चर्चामा आएका प्रकाश चन्दको पहिलो म्युजिक भिडियो रहेको छ ।



#कञ्चनपुर

प्रतिकृया दिनुहोस