२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

धनगढीको एसटिएस सिनेमा हल सञ्चालनमा

पुनर्वास खबर सोमबार १३, पुष २०७७ १०:०१

धनगढीको एसटिएस सिनेमा हल सञ्चालनमा

धनगढी  । कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द धनगढीको एसटिएस सिनेमा हल सञ्चालनमा आएको छ । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल नखुलेको अवस्थामा आजदेखि एसटिएस सिनेमा हल खुलेको हो  ।

एसटिएस सनेमाका सञ्चालक राजकुमार श्रेष्ठले हल आजदेखि खोलेको जानकारी दिए ।  विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्ड अनुसार नै सिनेमा हल खुलेको हो ।आज सिनेमा खुलेको पहिलो दिन अङ्ग्रेजी चलचित्र द ईन्भिजन म्यान प्रदर्शन हुनेछ । चलचित्रको पहिलो सो सवा १२ बजे लाग्नेछ ।

हलमा छिर्ने बेला भिडभाड हुन नदिने, स्यानेटाईजरको प्रयोग गराउने, मास्क बिना हलभित्र जान नदिने र दुई दर्शकबिचको सिट खाली राखेर सञ्चालन गरिनेछ ।


प्रतिकृया दिनुहोस