२०७७ माघ १० गते शनिबार | 23 January, 2021

धनगढीको एभरेष्ट  ट्रेड एण्ड  सप्लार्यसबाट मोबाईल चोरी ( भिडियो सहित)

पुनर्वास खबर शनिबार ११, पुष २०७७ ११:४२

धनगढीको एभरेष्ट  ट्रेड एण्ड  सप्लार्यसबाट मोबाईल चोरी ( भिडियो सहित)

धनगढीको रातो पुल नजिकै रहेको एभरेष्ट  ट्रेड  एण्ड  सप्लार्यसबाट मोबाईल चोरी भएको छ । शुक्रबार साझ ५ बजेतिर पसलमा  कोहि नभएको बेला एक जना अपरिचत पुरुषले आएर चार्जमा लगाएको मोबाई चोरी गरेकोे पसलका सञ्चालक गोकुल कुँवरले जानकारी दिए ।

आफुहरु बाहिर रहेका बेला ती अपरिचत व्यक्तिले चार्जमा लगाएको मोबाई समातेर फरार भएको पसलको सिसिटिभी फुटेजमा देखिएको छ । सिसिटिभी फुटेजका अनुसार ति व्यक्तिले कालो ज्याकेट, सेतो भेष्ट,जिन्स पाईन्ट र खैरो जुता लगाएको प्रष्ट देखिएको छ ।

अहिले उक्त घटनाको बारेमा कैलाली प्रहरीलाई समेत जानकारी गराईसकेको र प्रहरीले पनि चोरको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । यदी कसैले ति व्यक्तिलाई देख्यो र चिन्नुहुन्छ भने ९८२४६५८३८८,९८६८७५५५३५० र ९८४८७१९१९७ मा खबर गर्न पसलका सञ्चालकले आग्रह गरेका छन् । 
 



प्रतिकृया दिनुहोस