पुनर्वास खबर मङ्गलबार ०७, पुष २०७७ ०१:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन आउँदो मंसिर २ गते (२०७८) मा गर्ने प्रस्ताव पारित गरेको छ ।
अध्यक्ष ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो । ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाउने निर्णय पनि गरेको थियो ।
एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने तय भएको थियो । तर ओली पक्षले अर्को वर्षको मंसिरमा गर्ने निर्णय गरेको हो ।ओली पक्षीय नेकपा केन्द्रीय समितिको बैठक आउँदो बिहीबार दिउँसाे १ बस्ने छ ।
प्रतिकृया दिनुहोस