२०७७ माघ १० गते शनिबार | 23 January, 2021

प्रधानमन्त्रीको कू–राजनितिक अस्थिरता र प्राप्त उपलब्धी

निर्मल रैका सोमबार ०६, पुष २०७७ ०२:२७

प्रधानमन्त्रीको कू–राजनितिक अस्थिरता र प्राप्त उपलब्धी

नेपाली राजनीतीमा उथल पुथल भइरहेको पाइन्छ । यो उथल पुथल एकतन्त्रिय शाहकाल पञ्यायत हुदै बिभिन्न काल खण्ड प्रजातन्त्र र अन्तमा संघिय गणतान्त्रिक मुलक भइ सक्दा पनि नेपाली राजनीतीका खेलाडीहरुले आफु खसी बिरह सनकमा हतासमा राजनीतीलाई उथलपुथल गरिरहेका छन् । कहिले आफु सत्तामा जानका लागी होस या कहिले आफुलाई ब्यक्तिगत लाभका लागी राजासंग देखी छिमेकी राष्ट्र संग लम्पछार भइ रहेका छन् । आज बिशेषःह यस लेख मार्फत राजसंस्था हुदै संघिय गणतान्त्रिक शाासन ब्यवस्था सम्मका घट्ना क्रम यहा उल्लेख गर्न खोजिएको छ ।

नेपाली राजनितीमा राजा महेन्द्र, गिरीजा प्रसाद कोइरला, ज्ञानेन्द्र हुदै अहिलेका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले समेत संसद बिगठन गरि नेपाली राजनितीलाई तरङगीत बनाएका छन् । यी सबै काण्ड देशका लागी नभइ पद र प्रतिष्ठाका लागी भने गरिएको र अरुलाइ सिध्याउनका लागी पनि असंबैधानिक कदम चाल्दै आएका छन भने स्वयम बिगठन गर्नेहरुले अन्तर्राष्ट्रय सभ्यास भएको, पाटी भित्रै असहयोग भएको बताउदै बचाउ गदै आएका छन । बिगतको घट्ना क्रममा जाउ,नेपाली जनताले कहिल्यै बिर्सन नसक्ने गरि नेपालमा बि.सं २०५८ जेष्ठ १९ गते ठूलो घट्ना घट्यो । नेपालमा उदारवादी, जनताका प्रिय राजा भनेर चिनिने राजा बिरेन्द्रको नै वंशनाश हुने गरि सो दिन राजदरबारमा ठूलो शोक पर्यो र एउटा परिवार तथा वंशको नै त्यस दिन अन्त्य भयो र नेपाली जनता ज्यादै नै दुखित भए ।

दुखित नहुन पनि कसरी एउटा साधारण नागरिकको मृत्युको खबरले समेत पिरोल्छ भने उनी त यस देशको अभिभावक हुन त्यस बेला सबैका आखा नरसाउने त कुरै भएन । यसरी राजसंस्थाको वंशको अन्त्य भइ सके पछि । नेपालमा शाह वंशको अन्तिम राजा ज्ञानेन्द्र भए । राजा बिरेन्द्रको वंश नाश हुने गरि भएको त्यो घट्ना पछि तत्कालिन समयमा ज्ञानेन्द्रले देशलाई अभिभावकत्व प्रदान गर्न ज्ञानेन्द्रको नाराहिटी इन्ट्री भयो । त्यस बेलाको रोचक घट्ना के छ भने नेपाली राजतन्त्र शासनामा ज्ञानेन्द्र एकै जीवनकालमा २ पटक एउटै देशको राजा भए त्यो पनि बाल्यकालमा अनजान र वयस्क उमेरमा राजा हुने मौका मिल्यो । राजगद्धीमा मुकट र श्रीपेच लगाउन पाए ज्ञानेन्द्र शाहले र राजगद्धीमा बसे । यसरी देशले नया राजा त पायो तर निरंकश राजा पायो ।

उनले बिं.स.२०६१ साल माघ महिनाको १७ गते कू गरि आफनो हातमा शाषण सत्ता लिई निरंकुश शासन शैली अपनाउने निर्णय गरि तानाशाही प्रबिधी अपनाय र देशलाई अगाडी बढाउने निर्णय लिए । त्यो गल्ती नै इतिहासको ठूलो गल्ती भएको स्वयम राजावादी नेता तथा उनका शुचिन्तकहरु मनन गदै आएका छन् । ज्ञानेन्द्रले लिएको सबै भन्दा यो निकै ठूलो गल्ती भएको इतिहासकार तथा बिज्ञहरु भन्दै आएका छन् यसैबाट ज्ञानेन्द्रको पतन सरु भएको पनि बताउछन् बिश्लेषक तथा नेताहरु । ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए पछि आफुलाई सर्बपरी थाने र एक गरी अर्को गरी अभिभावकको भूमिका भन्दा पनि तानाशाही ब्यवहार तथा प्रशासकको भूमिका निभाउदै गए र बि.सं २०६५ जेष्ठ १५ गते देखी राजतन्त्रको अन्त्य गदै २४० वर्ष पुरानो राजतन्त्र संगै ज्ञानेन्द्रलाई अन्तिम राजाका रुपमा देखिन पाइयो ।

त्यति बेला एक थरीका मानिसहरु देशमा मारकाट गरी रहेका थिए भने देशको अभिभावक अभिभावकत्व प्रदान गर्न छोडेर हिटलर शैलीमा अघि बढेको थियो । कतिपय जानकार तथा बिज्ञहरुको भनाइ पनि के छ भने सोही तानाशाही ब्यवहारका कारणले लामो समय सम्म देशमा युद्ध भइरह्यो । तत्कालिन समयमा युद्ध गरीरहेका माओवादी हुन भन्ने मात्र थाहा थियो बस यति मात्र यसरी माओवादी भनेको के हो रु यो नाम हो की संगठन हो की मान्छे भए कस्ता हन्छन् । कहाँ बस्छन, जङगलमा बस्ने भए कहा मान्छे होलान् कतै अरु अन्य नै हुन की भन्ने पीर संगै यसकोे बारेमा केही थाहा भएन त्यस बखत नेपाली जनताले थाहै पाएनन् त्यस बारे ।

समय ढल्किदै गयो देशमा रक्तपात युद्ध भयो । नेपाली जनताका लागी दिउसो तथा साझ नहुदै को समय पनि मध्यरात जस्तो अनुभुती हुन्थ्यो । यो कुनै देश देशको युद्ध नभइ देश भित्रैकै लडाइ भएको कारण समर्गमा नेपाल आमाका सन्तानहरु नै युद्धको मैदानमा थिए । यसरी करिब दश वर्षा सम्म यो मारकाट हत्या हिंसा चलिरह्यो र जसको प्रत्यक्ष शिकार तत्कालिन समयमा शाही नेपाली सेनाको नामले परिचित हालको नेपाली सेना त्यसै गरी बिदोही पक्ष तर्फबाट माओवादी सेना एक आपसमा भिडी रहे र नेपाल आमाका सपुत नै मरे र नेपाली जनताले त्यस युद्धलाई कसैले सशस्त्र युद्ध भने त कसैले यसलाइ जनयुद्धको नामले परिचित भयो ।

यसरी करिब १० वर्ष सम्म देशमा रक्तपात चलि रह्यो र करिब १७००० हजार मानिसले ज्यान गुमाउनु पर्यो उक्त घट्नाको प्रभाव यति सम्म पर्यो की देश अबिकासित मुलुकमा रहन गयो ।संघिय लोकतान्त्रिक मुलुक भैसक्दा सम्म पनि देशले कोल्टे फेर्न सकेन ।अब यहा देशले पाएको उपलब्धी तथा नेपाली जनताले पाएको नासो र नेताकाहरुको भूमिका बारे चर्चा गरौ । नेपाली जनताले संघिय लोकतान्त्रिक मुलुक, धर्म निरपक्षेता, सघियता लगायत नेपाली जनतालाई उपहार दिइयो ।

संघियता सहितको ब्यवस्था भएको संबिधान ढिलै भए पनि दिए र नेताहरुले अब देशले फट्को नै मार्छ अब नेपालमा नया युगको सरुवात नै भएको सम्म भ्याए । बिश्वकै उत्कृष्ट संबिधान , कुनै पनि राष्ट्रले यस्तो उत्कृष्ट संबिधान थोरै मुलुकले बनाइको समेत भन्न भ्यायका थिए । देशले २०७३ असोज ३ गते संबिधान पाएको दिन, संबिधान पाएको करिब ५ वर्ष भइसक्दा पनि यसको स्वकार्यता माथि एक थरीका मानिसले प्रश्न चिन्ह खडा गदै आएका छन् ।

भने यसलाइ अधुरो अपुरो भन्दै सडक आन्दोलन देखी संबिधान जलाउने सम्मको कार्य समेत गरिरहेका छन् भने यसको कायान्वयन समेत फितलो भएको तथा कार्यान्वयन समेत नभएको देख्न सकिन्छ । देशको नेतृत्व गर्ने निकायले यसको आफु खसी कानुनलाई ब्याख्या तथा प्रयोग गदै आएका छन् । बिश्वकै उत्कृष्ट संबिधान भन्ने नेताहरुले नै कानुनको धज्जी उडाउदै न्यायालयलाई आफनो मातहात तथा खल्टीमा राखी आफनै वरीपरी घुम्ने न्यायाधिस नियुक्त गरी न्यायालय माथिकोको चरम दुरुपयोग गदै आएको पाइन्छ । नेताहरुको रहन सहन तथा भ्रष्टचार संग मै नै हु सर्बपरी , बलवान, पदको झगडा, अकुत सम्पतिका कारणले आज एक पक्ष सडकमा आइ राजा आउ देश बचाउ भनि रहेका छन् बास्तवमा यो एक थरी जनताले ठीक हो राजा आउनपर्छ भनिरहेका छन् भने एक थरीले आउनै नसक्ने टिप्पणी गदै आएका छन् ।

अब यहा चर्चा गरौ राजावादी तथा पर्र्व पञ्चहरु तथा मण्डलेहरुको कुरा अहिले देशभरका राजावादी तथा पर्व पञ्चहरु तथा मण्डलेहरु सलबलाएका थालेका छन् र देश भर प्रदर्शन गरिरहेका छन् । कतिपयले राजा सक्रिय हुन लागे भनि रहेका छन् भने राजावादी, पर्व पञ्चहरु तथा राजावादी तीनका समर्थकले बिभिन्न नामको स्वतन्त्र संगठन नाम दिई देश भर आफना कार्यक्रम तथा प्रदर्शन गरिरहेको छ । देशका मुख्य सडक तथा देशको प्रशासनिक निकाय काठमाडौंमा समेत केही दिनयता मोटर साइकल र्याली, कोण सभा, गदै चर्को स्वरमा राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ , राजसंस्था सहितको हिन्दु राज्य कायम गर,संघियता चाहिदैन, तमाम माग संगै आन्दोलन गरेको पाइन्छ ।

यसरी गरिरहको आन्दोलनमा पञ्चहरुको दरो साथ संगै उनीहरुले समेत नेतृत्व गरिरहेका छन् । देशमा रहेका राजावादी नेता तथा पञ्चहरु भनि चिनिरहेका लोकेन्द बहादुर चन्द, पशुपति शमशेर राणा, कमल थापा, प्रकाश चन्द लोहनी अहिलेका जिउदा नेता हुन भने सर्य बहादुर थापा जो स्वर्ग भइसकेका छन् । यसरी राज संस्थाको पक्षमा निरन्तर वकालत गदै आएका चन्द, राणा, थापा र लोहनी आज देश भरका बिभिन्न कार्यक्रममा गई राजाको पक्षमा खुल्याम राजाको बयान गदै भाषण गदै आएका छन् ।

यीनीहरुको पनि बिगतको इतिहास बाफत उनीहरुलाइ प्रधानमन्त्री तथा आसेपासेलाई पद संगै परस्कृत गरेको पाईन्छ । उनीहरुको कुनै योग्यता तथा क्षमताको कदरका आधारमा उक्त पद दिएको नभई जात,धर्म चाकरी गरेको आधारमा पद दिइएको पाईन्छ । यसरी पद पाएका नेताले सबै शासन सत्ता हातमा भएको बेला तथा अधिकार भएको बेला समेत नकुनै स्मरण योग्य काम गरे नत जनताका लागी त्यागी नेताका रुपमा पहिचान बनाए । जीवनको उत्रार्धमा आएर पनि सम्मानित जीवनयापन गर्नु पर्नेमा राजा आउनु पर्छ भनि रहदा हास्यस्पद लाग्दै आएको छ नेपाली जनताको उहाहरुलाई प्रश्न के हो भने राजा आयो भने के हुन्छ भन्ने हो त्यस्तो के नै दिन सक्छन र आफनो नेतृत्वकालमा जनताबाट अधिकार खोसेका राजाबाट अब के गर्ने आम जनताको बझाइ रहेको छ ।

ज्ञानेन्द्रले राजा हुनै नपाएका होइनन उनले राजसंस्था पाएर पनि त्यसको गरिमा इज्जत तथा प्रतिष्ठा आफैले राख्न सकेनन र उल्टै कू गरेका कारण राजसंस्था नरहेको कुरा पर्व पञ्चहरु, मण्डलेहरु ,राजावादी तथा आसेपासेले भन्दै आएका छन् । हो देशलाइ अभिभावक तथा संरक्षक आवश्यक छ तर ज्ञानेन्द्र र खड्ग प्रसाद ओलीले शासन सत्ता हातमा लिइ २ तिहाईको सरकारको गरिमा बचाउन सकेनन्, आफुलाइ सर्बपरी राजा ठानेको र जनतालाइ दास बनाइ राख्ने बिचारबाट अग्रसर भएका कारण आज ज्ञानेन्द्र अन्त्य संगै प्रधानमन्त्री ओलीले जनताको बिश्वास नै गुमाई सकेका छन् भने उनलाई संसद बिगठन महङगो पर्न सक्ने आकलन गर्न सकिन्छ ।

तर वर्तमान राजाहरुको कार्यशैली प्रतिनिधीसभा बिगठन, ब्यप्त भ्रष्टचार, पद प्रतिष्ठा प्रतिको लोभ, उनीहरुको रहनशहन, सर्बहारा शब्द,अकुत सम्पति, नैतिक पतन क्रिलाकलाप ,बलत्कार, न्यायालय माथिको हस्तक्षेप , करौडोको रकममा मुिछनाले, आसेपासेको जीवन शैली, पद बाड्ने, नियुक्ति दिने संगै जनतालाई भनेको बाचा पुरा नगरेको संगै बिकासका नाममा सिन्को समेत नभाचेका कारण आज नेपाली जनताले आफना प्रतिनिधीलाई बिश्वास नै गर्न छोडी सके र नेताले बिश्वास नै गुमाए । यी तमाम राजनितीक वृतमा समस्याका बाबजुद्ध पनि देशले पःन ठुलो धोका पाएका छ ।

नेपाली जनताले थुप्रै पाटीहरु हुदा हुदै पनि तत्कालिन समयमा निर्वाचनमा साझा उमेदवार बनाई तत्कालिन समयका ने कपा माओवादी र ने क पा एमाले एकिकरण भइ बनेको ने क पा को पाटीले २ तिहाई बहुमत पायो र सरकार गठन भयो जसको पाटी अध्यक्षमा खड्ग प्रसाद ओली र प्रधानमन्त्री पनि उनी नै भए । उनी २०७४ फागन ३ गते नेपालको ३८ आंै प्रधानमन्त्रीका रुपमा नेपालले खड्ग प्रसाद ओली प्रधानमन्त्री भए । नेपाली जनताले ५ वर्षका लागी भनि आफना प्रतिनिधी पठाएका थिए । प्रधानमन्त्री पदमा निर्वाचित तथा चुनि सकेपछि त्यस बखत उनले नेपाली जनता सामु ठुलठुला कुरा गरे र समृद्ध नेपाल सुखी नेपालीको नारालाई उत्थान गरे , प्राप्त उपलब्धीहरुको रक्षा, देशलाई अगाडी बढाउने, ठुला ठुला सपना बाडे एका तिर संधिानको कार्यान्वयन र असन्तुष्ट पक्षसंग वार्ता गरि समाधान खोज्नु पर्ने पनि थियो तर सबै कुरालाइ बिर्से र करिब ३४ महिना पछि स्वयम प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गरिमामय संसदलाई २०७७ साल पौष ५ गते बिगठन गरि देशमा राजनितिक तरंग,ब्यवस्थालाई कमजोर हुने गरि, राजनैतिक अस्थिरतासंगै,मुलुकमा राजनैतिक संकटका संगै लोकतन्त्रको हत्या,संबिधानको हत्या समेत भएका छन्।

पुःन राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको कू शैलीलाई अपनाउदै नेपाली संसद बिगठन गरेका छन् । हुनत २०५१ सालमा संसद बिगठन नभएको होइन देशमा सबै भन्दा बढी प्रधानमन्त्री पद समालि सकेका गिरीजा बाबुले पनि संसद बिगठनको तितो यर्थात नेपाली जनता सामु छर्रङ छ । देशमा राजावादी तत्व त्यसैगरि मारकाटको युद्ध गरिरहेकाहरु संगै संघियता नचाहने तथा संघियताको नाम नै सुन्न नचाहेका मुलुकका लागी भने यसले एउटा थप उर्जा मिलेको छ । नेपालमा अहिले ब्यवस्था परिवर्तनको कुरा पनि एक तर्फ राजावादीहरुले, राष्ट्रिय जनमोर्चा जस्ता दलहरु ठुलो स्वरमा खुल्यामा भनि रहेका छन् यती पनि थाहा छैन मेरो देशका उच्च तहमा बेसेका नेता तथा नेतृत्वलाइ की संबिधान तथा देशको कानुन तथा नियमलाई स्वयम सडकमा आइ मान्दैनौ भन्दा पनि नेपालको प्रधानमन्त्री तथा गृहमन्त्री मुख दर्शक बनेका छन् ।

कहिकतै आफना मान्छे चोरी बलत्कार काण्डमा जगन्य अपराध गरेका कार्यकर्तालाई छोड्ेन आदेश दिने सरकारले आज देशको संबिधान तथा देशको शासन प्रणाली माथि नै थावा बोल्दा पनि किन सरकार तथा कार्यपालिका मौन छ त । आज राजावादीले देशभर आन्दोलन गर्दा सरकारको संघिय लोकतान्त्रिक मुलुक मान्दैनौ, राजा चाहिन्छ, धर्म निरपेक्षेता चाहिदैन लगायत मुद्धाका सरकार तथा तीनका अंगहरु मुख दर्शक छन् र पो नेपाली जनताले प्राप्त गरेको उपलब्धी खतरामा समेत परेको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आफुलाई काम गर्न नदिएको भन्दै आएका छन् त्यो पनि प्रतिपक्षबाट नभई स्वयम आफनै दलले काम गर्न नदिएको बताएका छन् । यसरी दलको किचलोमा करिब ३ वर्ष भन्दा बढी समय सम्म किचलो झेल्दै आएका प्रधानमन्त्रीले आफनो दलमा संघर्षको साटो वा बिश्वासमा नलिई संसदहरुको सामूहिक हत्या गरेका छन् ।

त्यसकारण अहिेले ब्यवस्था परिवर्तन भन्दा पनि जनताको अवस्था परिवर्तनमा ध्यान दिनु पर्नेमा सर्बभौम मुलुकको संसद बिगठन गरि स्वयम म नै ज्ञानेन्द्र हु भन्ने खालको सन्देश खड्ग ओलीले गरेका छन् यो नै उनको इतिहासको ठुलो गल्ती हुने र उनको राजनैतिक जीवनका नै एउटा अबिष्मरणीय क्षण संगै उनको नाम संगै एउटा नया परिचय दिएको छ । यसरी प्रधानमन्त्री खड्ग ओलीले २०७८ बैसाख १७ गते पहिलो चरणको निर्वाचन संगै २०७८ कै बैसाख २७ गते दोस्रो चरणको निर्वाचनको घोषणा समेत गरेका छन् । सबै संबैधानिक अङगमा समेत नियुत्ती गरेका छन् ।

करिब ३ बर्ष सम्म पनि नभएको संबैधानिक आयोगमा पर्णता त दिए तर स्वार्थ हेरे र आफना मान्छेलाई मात्र ।३ वर्ष सम्म आफनो दलको किचलोमा रमाएका नेता तथा प्रधानमन्त्री ओली सरकारको नेतृत्व गदै छन् संसद बिनाको समयमा यसले उनलाई थप निरंकश बनाउछ किन भने नराम्रा काम बारे कसैले बोल्न तथा अपजेसन गर्न पाउदैनन पाए पनि सडकबाट मात्र त्यसकारण आजै देखी गरिमामय ससदको अन्तयसंगै बाइबाइ माननिय ज्यू अर्को चनावमा भेटौला भन्ने संदेश दिन बाध्य बनाएको छ भने नया जनादेशको पर्खाइमा संसद भवन खाली हुने भएको छ ।

त्यसकारण अब संंसद बिगठन भए पछि अब नेपाली जनताले आफना प्रतिनीधी फेरी छनोट गदै छन प्राप्त उपलब्धी संघियता , धर्म निरपेक्षता , संबिधानको कार्यान्वयन गर्ने लगायत तमाम मुद्धा लिएर अगाडी बढ्ने शक्तिलाइ नया जनादेश दिनुपर्ने देखिन्छ भने अब नया जनादेश नेपाली जनताले बिकास प्रेमी, जनता प्रेमी , राष्ट्र नायक तथा सपुत नेपाल आमाको सच्चा इमान्दार नेता पाउनका लागी निर्वाचनमा छान्न जरुरी देखिन्छ । जय देश, हामी सबैको जय होस धन्यवाद !


प्रतिकृया दिनुहोस