२०७७ फागुन २० गते बिहिबार | 4 March, 2021

वैशाख २३ मा आमचुनाव गर्न ओलीको प्रस्ताव

पुनर्वास खबर आइतबार ०५, पुष २०७७ ०१:११

वैशाख २३ मा आमचुनाव गर्न ओलीको प्रस्ताव

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्न राष्ट्रपति समक्ष प्रस्ताव राखेका छन् । उनले आइतबार राष्ट्रपतिलाई भेटेर उक्त प्रसताव राख्दै शीतलनिवासबाट बाहिरिएका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शीतल निवास गएका थिए ।ओलीले लामै समय राष्ट्रपति निवास पुगेर सिफारिसबारे भण्डारीलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेको स्रोतले जनाएको छ । ओलीको प्रस्तावला राष्ट्रपतिले अनुमोदन गर्ने/नगर्नेबारे केही खबर बाहिरिएको छैन ।


#केपी शर्मा ओली

प्रतिकृया दिनुहोस