पुनर्वास खबर आइतबार ०५, पुष २०७७ १०:४७
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कञ्चनपुरमा सम्पन्न प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटको सुदूरपश्चिम छनोटको उपाधि हात पारेको टोलीलाई सम्मान गरेका छन् ।शुक्रवार फाइनल खेलमा बैतडीलाई १५ रनले पाखा लगाउँदै अछामले उपाधि हात पारेको हो। शनिवार उक्त टोलीलाई बधाई दिन र सम्मान गर्न मन्त्री बोहरा टोली रहेको स्थानमै पुगेका थिए ।
मन्त्री बोहराले अछामको क्रिकेट टोलीसँग अन्तरक्रिया समेत गरे । टोलीका सबै खेलाडीहरूले क्रिकेटको अवस्था बारे मन्त्री बोहरालाई जानकारी गराए । टोलीका क्याप्टेन अनिल कुँवर अछाममा क्रिकेटको ठुलो सम्भावना रहेको भए पनि आवश्यक भौतिक संरचना नहुँदा समस्या भइरहेको बताएका थिए ।
सबै खेलाडीहरूलाई सम्मान पछि मन्त्री बोहराले खेलकुदको विकासका लागि प्रदेश सरकार लागि परेको बताए । मन्त्री बोहराले अछाममा क्रिकेट खेलसँगै अन्य खेलहरूका लागि आवश्यक संरचना निर्माण गर्ने विषयमा पछि छलफल गर्ने बताए ।
‘
प्रतिकृया दिनुहोस