२०७७ माघ ०३ गते शनिबार | 16 January, 2021

लिटिल फ्लावर प्रिमियर लिग फागुन १५ गतेबाट सुरु हुने

पुनर्वास खबर शनिबार ०४, पुष २०७७ ०६:४३

लिटिल फ्लावर प्रिमियर लिग फागुन १५ गतेबाट सुरु हुने

धनगढी । लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संस्करण फागुन १५ गतेदेखि  २५ गतेसम्म धनगढीमा हुने भएको छ । आयोजक लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले आज पत्रकार सम्मेलनको आयोजन गर्दै फागुन १५ गतेदेखि २४ गतेसम्म प्रतियोगिता  हुने जानकारी दिएको हो  । 

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए । ‘विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ’ उनले भने– ‘यस पटकको लागि तयारी सुरु भइसकेको छ ।’

लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित सङ्घीय प्रहरी इकाईको खेल मैदानमा जनाइएको छ । प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् ।  देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए ।

विगतमा ४ जनासम्म नेपालभित्रका १९ वर्ष मुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ ।  केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने शाहीले बताए ।


#लिटिल फ्लावर प्रिमियर लिग

प्रतिकृया दिनुहोस