पुनर्वास खबर सोमबार २२, मङि्सर २०७७ १०:५९
अभिनेत्री श्वेता खड्का आज बिहे गर्न लागेकी छिन्।उनी धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गर्न लागेकी हुन्। आज काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा बिबाह हुन लागेको छ।
आजै उनले सामाजिक सञ्जालमा मेहेन्दी कार्यक्रमका तस्बिर सार्वजनिक गरेकी छिन्। मेहेन्दीका तस्बिर सेयर गर्दै श्वेताले लेखेकी छिन्, ‘मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म...’
कोरोना भाइरसको महाकारीका कारण बिहेको कार्यक्रममा सिमित व्यक्तिहरुलाई मात्रै निमन्त्रणा गरिएको छ। दुवैका परिवारजन र नजिकका आफन्तमात्रै सहभागी हुने जनाएको छ।
यस्तो देखिइन अभिनेत्री श्वेता खड्का आज हेरौं यी तस्बिरहरु...
मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म
जीवनको नयाँ पानाहरुमा भुल्दै छु म...
प्रतिकृया दिनुहोस