पुनर्वास खबर शनिबार १३, मङि्सर २०७७ ०८:११
धनगढी । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सारथी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–५९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको शनिबार बिहान मृत्यु भएको हो। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका कारण परीक्षण गराउँदा मृत्युपछि संक्रमण पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
प्रतिकृया दिनुहोस